भिक्टोरियामा कोभिडको दैनिक संक्रमणदर घट्यो, ८०२ जना अस्पतालमा

भिक्टोरियामा कोभिडको दैनिक संक्रमणदर घट्यो, ८०२ जना अस्पतालमा


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोभिड १९ कोरोना भाईरसका कारण लगाएका प्रतिबन्धहरु हटाउने योजना सार्वजनिक भएको भोलिपल्ट कोभिड १९ कोरोना भाईरसको दैनिक संक्रमण दर पनि घटेको देखिएको छ ।

गएको २४ घण्टामा गरिएका परीक्षणहरुमा जम्मा १४ सय ६१ जना नयाँ कोरोना संक्रमित देखिएका छन । भिक्टोरियामा यतिबेला १६ वर्षमाथिका ७४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । पहिलो खोपको मात्रा लगाउनेको संख्या ९० दशमलब ४ प्रतिशत पुगेको छ । यसबीचमा ८०२ जना कोरोनाको संक्रमित अस्पतालमा छन् भने १ सय ५२ जना आईसीयूमा उपचार गराइरहेका छन् । ९२ जनालाई भेन्टिलेटरको सहायताले सास फेर्नुपर्ने अवस्था छ ।

यसअघि आईतबार १९ सय ३५ नयाँ संक्रमित थिए भने शनिबार १७ सय ५० र शुक्रबार २२ सय ३२ नयाँ संक्रमित फेला परेका थिए ।
प्रिमियर डेनियल एन्ड्रयूजले छिट्टै भिक्टोरियाका सबै ठाउँमा एउटै नियम लागू हुनेगरी प्रतिबन्धहरु खुल्ने जानकारी गराएका छन् ।