ओएनएफको अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्वर ५-६ काठमाडौंमा हुने

ओएनएफको अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्वर ५-६ काठमाडौंमा हुने


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटी प्रथम अधिवेशन नोभेम्वर ५-६ काठमाडौंमा हुने भएको छ ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेका अनुसार बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा हुने अधिवेशनमा मनोनित समेत विश्वका ३७ राष्ट्रबाट ३३७ जना प्रतिनिधिहरु सहभागी हुने छन् । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्धघाटन हुने अधिवेशनले विश्व भरिको मञ्चको कामको समिक्षा गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने छ । अधिवेशनको बन्द सत्रमा राजनीति, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गर्ने र छलफलद्वारा पारित गरिने सचिव पाण्डेले बताए ।

अधिबेशनको लोगो हालै नेकपा एमालेका उप महासचिब बिष्णु रिमालले सार्वजनिक गरेका छन् । मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले अधिवेशनको सार्वजनिक गरिएको लोगो माथी प्रकाश पार्दै लोगोमा आधा धर्ति ओगटेको महिलाशक्तिको प्रतिक रातो रंगको अर्धगोलाकार भाग र अर्को आधा धर्ति ओगटेको पुरुषशक्तिको प्रतिक निलो रंगको अर्धगोलाकारको भागलाई छेउछेउमा नेपाली शक्तिको प्रतिक सूर्यले जोडेको पूर्ण गोलार्धभित्र नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक मनोरम शुन्दरता, मठ, मन्दिर र साँस्कृतिक सम्पदाको छटाले भरिपूर्ण काठमाडौंको काखमा प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न हुने बताए । उनले अधिवेशनले संसारभरको प्रवासी नेपालीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बन्ने नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्ने महान अभियानमा जोडिने उद्देश्यले “सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपाली” लाई अधिवेशनको मूल नारा बनाईएको समेत बताए ।

सचिव पाण्डेले ओएनएफको अन्तर्राष्ट्रिय कमिटी निर्माण भए पछि संस्थाको उद्देश्य अनुसार विश्व भरि रहेका ओएनएफका राष्ट्रिय कमिटीहरुलाई एकिकृत गर्दै मातृभूमिको सेवा क्रियाशिल रहेको बताए । उनले गत कोरोना संकटका बेलामा विश्व भरिबाट संकलित रकमबाट गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताए ।विगतमा विभिन्न देशका राष्ट्रिय कमिटीहरुले मातृभूमिमा विभिन्न क्षेत्रमा काम गरे पनि नदेखिएको तर एकिकृत रुपमा गरे पछि देशबासीले प्रवासीको भुमीका अनुभुती गरेको बताए । पाण्डेले आगामी दिनमा पनि संवृद्ध नेपालका आफ्नो एकिकृत भुमीका रहने बताए । सम्वन्धित राष्ट्रमा नेपाली समुदायको हितमा काम गर्ने र मातृभुमीको संबृद्धीका भुमिका खेल्नु नै ओएनएफको उद्देश्य रहेको समेत बताए । उनले अन्तर्राष्ट्रिय अधिवेशमा यस विचको भएका यस्तै कामको समिक्षा गर्दै नयाँ नेतृत्व निर्माण संगै आगामी कार्य योजना समेत निर्माण गर्ने समेत बताए ।