रुसको केमिकल कारखानामा भयानक विस्फोट, १६ को मृत्यु

रुसको केमिकल कारखानामा भयानक विस्फोट, १६ को मृत्यु


काठमाडौं, ५ कात्तिक । रुसमा एक बारुद तथा केमिकल कारखानामा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ । रुसको पश्चिमी क्षेत्रमा रहेको रियाजन प्रान्तमा शुक्रबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
प्राविधिक गडबडीलाई समयमै पहिचान गरी नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ । आपतकालीन मन्त्रालयले सार्वजनिक गरेको तस्बिरमा भत्किएको भवनका तथा संरचनाका सामग्रीहरु असरल्ल छरिएका छन् । त्यसैमाथि रहेर अग्नि नियन्त्रकहरु आगो निभाइरहेका देखिन्छन् ।