डार्विनमा वीरेन्द्र गुरुङको अन्तिम विदाई, थामिएनन् साथीभाईका आँखा !

डार्विनमा वीरेन्द्र गुरुङको अन्तिम विदाई, थामिएनन् साथीभाईका आँखा !


डार्विन, नर्दन टेरेटोरी ।

गत साता असामयिक निधन भएका नेपालमा पोखरा घर भई हाल डार्विन बस्दै आएका वीरेन्द्र गुरुङको अन्त्येष्ठि गरिएको छ । एक श्रीमती, छोरा र सालीसँगै बस्दै आएका उनी मृत अवस्थामा फेला परेका थिए ।

बौद्ध बिधि अनुसार आईतबार उनको अन्त्येष्टि गरिएको गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं नर्दन टेरेटोरी संयोजक विष्णु चापागाईंले एमएनटीभीलाई बताए । उनका अनुसार बिदाई कार्यक्रममा परिवारको तर्फबाट प्रतिमा गुरुङले स्व. गुरुङको व्यक्तित्व, स्वभाव र परिवारसँगको सम्बन्धका बारेमा बोलेकी थिइन् । उनको अन्त्येष्ठिमा सहभागी हुन उनी काम गर्ने रेष्टुरेन्टका अन्य सहकर्मीहरु आइपुगेका थिए ।

नर्दन टेरेटोरीको नेपाली समूदायका अगुवाहरु पनि उक्त बिदाईका क्रममा सहभागी बनेका थिए । सहभागीहरु सबैले असामयिक रुपमा समूदायको एउटा सदस्यलाई गुमाउनुपर्दा दुख लागेको बताएका थिए ।

एनआरएनएएनटी र नेप्लीज एशोसिएसन नर्दन टेरेटोरी एनएएनटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको सञ्चालन निरज गुरुङले गरेका थिए ।
मृत भेटिएका गुरुङको विषयमा प्रहरीले गरेको अनुसन्धानबाट मृत्यु शंकास्पद नदेखिएको पाइएको छ ।

गुरुङले मृत्युअघि १८ सेप्टेम्बरको दिन यस्तो फेसबुक स्ट्याटस राखेको पाइएको छ ।

 

 

यो पनि पढ्नुहोस्

डार्विनमा दुःखद खबर, एकसाताभित्रै अर्को एक नेपाली युवाको निधन !