कोरोनाकै कारण भिक्टोरियामा एकैदिन पाँच जनाको मृत्यु

कोरोनाकै कारण भिक्टोरियामा एकैदिन पाँच जनाको मृत्यु


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा कोभिड १९ कोरोना संक्रमणका कारण पाँच जनाको निधन भएको छ । गएको २४ घण्टाको अवधिमा १८ सय ९० नयाँ कोरोना संक्रमित थपिएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । पाँच जनाको निधनसँगै पछिल्लो कोरोना संक्रमणमा मृत्यु हुने कूलुसंख्या ८५ पुगेको छ ।

७४ हजार १ सय ५ जनाले परीक्षण गराएका थिए भने १८ हजार ३ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै राज्यका कूल जनसंख्याको ८५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । दुबै खोप लगाइसक्नेहरुको संख्या ५७ प्रतिशत रहेको छ ।