भिक्टोरियामा कोरोना संक्रमित बढ्ने क्रम जारी, १९६५ थपिए

भिक्टोरियामा कोरोना संक्रमित बढ्ने क्रम जारी, १९६५ थपिए


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोभिड १९ कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । राज्यमा कूल संक्रमितको संख्या १७ हजार १ सय ९९ पुगेको छ भने शुक्रबार मात्रै १ हजार ९ सय ६५ जना थपिएका छन् ।

राज्यमा गरिएको ७३ हजार ४ सय ४४ परीक्षणको नतिजामा करिब २ हजारमा कोरोना संक्रमण भेटिएको हो । गएको २४ घण्टामा ४१ हजार १ सय ७७ जनाले कोभिड विरुद्धको खोप लगाएको पनि स्वास्थ्य विभागले जारी गरेको विवरणमा उल्लेख छ ।

गएको २४ घण्टाको अवधिमा थप पाँच जनाले ज्यान गुमाएका छन् ।