मेलबर्न, अष्ट्रेलिया ।
क्रेगीबर्न ब्रिगेड फुटबल क्लबको आयोजनामा आगामी डिसेम्बर १४ तारिख सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । ४ हजार डलर राशीको प्रथम पुरस्कार रहेको प्रतियोगिता दुई उमेर समूह अन्तर्गत हुनेछ । खुलातर्फ काठमाडौं प्रोपर्टिजको मुख्य प्रायोजनमा काठमाण्डू प्रोपर्टीज कप २०२५ र ३५ वर्षमाथिको उमेर समूहतर्फ एभरेष्ट होम लोन्स लिजेन्ड्स कप आयोजना गर्न लागिएको हो ।
लिजेन्ड्सतर्फ विजेताले २ हजार डलर पुरस्कार समेत पाउनेछन् । कूल २६ टिमको सहभागिता रहने प्रतियोगितामा खुलातर्फ १६ टिम र अर्काे विधामा १० टिमको सहभागिता रहने क्लबले जनाएको छ ।
यस फुटबल प्रतियोगितामा मेलबर्न, बालाराट, सेपाटन र उडुङ्गाबाट समेत क्लबहरु सहभागी हुनेछन् । प्रतियोगिताबाट प्राप्त हुने केही रकम नेपालको त्रिनेत्र फाउन्डेसनलाई सहयोग गर्ने लक्ष्य छ । अघिल्लो पटकको फाईभ ए साईड फुटसल प्रतियोगितामा खुलातर्फ र सिनियरतर्फ दुबै उपाधि यति फुटबल क्लबले जितेको थियो ।

प्रतिक्रिया