अमेरिकामा कार दुर्घटना, पाँच जनाको मृत्यु हुँदा ४० घाइते

अमेरिकामा कार दुर्घटना, पाँच जनाको मृत्यु हुँदा ४० घाइते


काठमाडौं, ६ मंसिर । अमेरिकाको विस्कन्सिन राज्यमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन् । परेड भइरहेको स्थानमा एउटा कार आएर ठोक्किँदा दुर्घटना भएको हो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । दुर्घटना भएलगत्तै भागेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । स्थानीय एक समुदायले हरेक वर्ष आयोजना गर्ने सांगीतिक कार्यक्रममा देखाइएको परेडमा सो दुर्घटना भएको हो । कार्यक्रममा करिब ७२ हजार मासिन भेला भएको सरकारी अनुमान छ । द्रुत गतिमा आएको कार रोक्न खोक्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ । घटना लगत्तै घाइतेहरूलाई स्थानीय अस्पतालमा पु¥याइएको थियो ।