दीर्घ रोगीलाई आजबाट फाइजर खोप लगाउन सुरु

दीर्घ रोगीलाई आजबाट फाइजर खोप लगाउन सुरु


काठमाडौं, २८ कात्तिक । सरकारले आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगीलाई फाइजर खोप लगाउन सुरु गरिएको हो ।
खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यस अघि कोभिड विरुद्धको खोप लगाएका सबै खोप केन्द्रमा फाइजर खोप लगाउन पाइने छैन । सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट दिइनेछ ।
खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।