कोरोनाकैबीच पनि अब फिल्म प्रदर्शन हुने, आधा दर्शक पूरै पैसा

कोरोनाकैबीच पनि अब फिल्म प्रदर्शन हुने, आधा दर्शक पूरै पैसा


काठमाडौं ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले ५० प्रतिशतमात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न निर्देशन दिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले हल व्यवसायीहरूलाई उक्त निर्देशन दिएका हुन्।

प्रजिअ पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँगको बैठकमा निर्देशन दिएको सूचना अधिकारी तथा सहायक प्रजिअ कल्पना घिमिरे नेपालले बताइन् ।

दिउँसो मात्रै सञ्चालन हुने भएकाले फिल्म हल व्यवसायीहरूलाई समय सीमा तोकिएको छैन । साथै, स्वास्थ्यको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताइएको छ ।