अनलाईन भेला गरेका एनसीसीहरुले दिए एनआरएन आईसीसीलाई अल्टिमेटम !

अनलाईन भेला गरेका एनसीसीहरुले दिए एनआरएन आईसीसीलाई अल्टिमेटम !


काठमाडौं ।

गैरआवासीय नेपाली संघको विवाद नयाँ मोडमा प्रवेश गरेको छ । विश्वभरका एनसीसीहरुको भेला भन्दै जुममार्फत गरिएको छलफलमा सहभागीहरुको निष्कर्श सार्वजनिक गर्दै उनीहरुले एनआरएन आईसीसीलाई आफ्ना निष्कर्शहरु कार्यान्वयन नगरिए कडा कदम चाल्ने भन्दै चेतावनी र अल्टिमेटम दिएका छन् । विश्वका ८० देशमा सक्रिय एनआरएनका ८० प्रतिशतभन्दा बढी क्रियाशील अध्यक्ष तथा पदाधिकारी सहभागी भएको भनिएको भेलामा प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसका नेता पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत सहभागी थिए । यस्तै माओवादी केन्द्रका विदेश विभाग सदस्य ओम शर्माले पनि आफ्नो धारणा राखेका थिए । आगामी कार्यकालका लागि अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएका कुल आचार्य पनि बैठकमा देखिएका थिए ।
भेलाका निष्कर्शलाई ७ बुँदामा समेटिएको भएपनि मुख्यतः अहिलेको समस्या वर्तमान कार्यसमितिका कारण आएको र विधान अनुसार संरक्षक परिषद्लाई सम्पूर्ण अधिकार दिएर आगामी अधिवेशन गर्न दिनु भन्ने आदेशात्मक चुनौती दिएको देखिन्छ । बुँदा नम्बर ५ मा दशौं महाधिवेशन पूरा गर्न संरक्षक परिषद्लाई हाम्रो पूर्ण समर्थन र सहयोग रहनेछ भनिएको छ । निर्वाचित नयाँ आईसीसी सदस्यहरुको हवाला दिँदै उनीहरुलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउन पनि माग गरिएको छ ।

यस्ता छन् निष्कर्श

१. नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परि भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तर्फ़बाट गहिरो दुख ब्यक्त गर्दछौं । पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने र आपसी समन्वय गरि पठाउने निर्णय गरियो ।

२. गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको हाम्रो निश्कर्ष छ। आइसीसीले सबै एनसीसीहरुलाई समान व्यवहार गर्न नसक्नु तथा आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमीने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको हामी एनसीसीहरुको भोगाइ र बुझाइ छ । आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न एनसीसीको निर्वाचन तथा डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न हामी माग गर्दछौं ।

३. गैरआवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संस्था भित्रका विवाद सम्बन्धमा सुनुवाइ नभएको अनुभूति गरे पछि नियामक निकायमा जानु स्वाभाविक भएको हाम्रो ठहर छ। परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान मुताविक कार्यान्वयन गर्न हामी संघको वर्तमान नेतृत्वलाई आह्वान गर्दछौं। मन्त्रालय, नेपाल सरकार वा कुनै दल विशेषलाई आरोप लगाउने काम कुनै पनि संस्थाको जिम्मेवार पदाधिकारीलाई सुहाउने काम होइन । त्यसो नगर्न पनि हामी आग्रह गर्दछौं।

४. संघको विधानको गलत व्याख्या गरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित हुन सक्दैन। यस सम्बन्धमा पुरानै प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको स्पष्ट सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेट्स चयन गर्ने जिम्मा २०२१(२३ का लागि निर्वाचित कार्यसमितिको नै हो भन्ने ठहर यो विश्व सम्मेलनले पनि गरेको छ। त्यसैले सोहि अनुरुप गर्न गराउन अनुरोध गर्दै यसको तुरुन्त कार्यान्वयन गर्नका लागि यो सम्मेलन केन्द्रीय समिति समक्ष जोडदार माग गर्दछ।

५. गैरआवासीय नेपाली संघको विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ ९१० को ९४० मा उल्लेख भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको छ। संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यूहरु तथा हामी सम्पूर्ण एनसीसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं। संघलाई वर्तमान संकटबाट मुक्त गर्न आवश्यक जस्तो सुकै पहल कदमी लिन पनि एनसीसीहरु तैयार रहेको पुनस् जोड दिन चाहन्छौं। एमआइएस ९सदस्यता सूचना प्रणाली० मा देखिएका अनियमितताहरुको छानबिन गर्नुका साथै निर्वाचन समितिसंग समन्वय गरी संघको दशौँ महाधिवेशन तथा स्वतन्त्र र निस्पक्ष निर्वाचन संम्पन्न गर्ने काममा संरक्षक परिषदलाई हाम्रो पूर्ण सहयोग रहने छ । त्यस्तै यो भेला २०२१(२३ का लागि निर्वाचित सम्पूर्ण आइसीसी सदस्यहरु दशौँ महाधिवेशनका लागि स्वतः प्रतिनिधि मानिने व्यवस्था गर्न माग गर्दछ।

६. हामी हाम्रा यी सुझावहरु तत्काल कार्यान्वयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं। यदि यी सुझावहरु कार्यान्वयन गर्न ढीलाइ गरिए एनसीसीका सबै अध्यक्ष तथा नवनिर्वाचित आइसीसी सदस्यहरु सहभागी विश्व भेला गरी आगामी कदमबारे निर्णय लिइने जानकारी समेत गराउंछौं।

७. गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला सफल पार्न सहयोग गर्नु हुने सबै एनआरएनए अभियन्ताहरु, हाम्रो निमंत्रणा स्वीकारेर कार्यक्रममा सहभागी हुनु हुने प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व परराष्ट्र मंत्री डा. प्रकाश शरण महत, संघसंस्था, संचारकर्मी मित्रहरु तथा एनआरएनए अमेरिकाको आइटी टिम लगायत सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ।