मेलबर्न, अष्ट्रेलिया । नेपालीको घना बसोबास भएका अष्टे्रलियाको विभिन्न शहरहरुमा नेपाली दूतावास क्यानबेराले सुरुवात गरेको नियमित मोबाइल पासपोर्ट क्याम्प अन्तर्गत भिक्टोरियामा सेवा प्रदान गरिएको छ । १२ अप्रिल र १३ अप्रिल शनिबार र आईतबार १२ तारिख अवैतनिक वाणिज्यदूतको कार्यालयमा भएको शिविरमा ४ सय १६ जनाले सेवा प्राप्त गरेको वाणिज्यदूत निराजन गौलीले जनाएका छन् ।
उनका अनुसार ५ जनाले वारेसनामा सुविधा पनि पाएका छन् । यसअघि पासपोर्ट नवीकरणका लागि क्यानबेरा नै जानुपर्ने बाध्यता थियो । विभिन्न संघसंस्थाको पहलमा यसअघि मोबाइल पासपोर्ट शिविर हुने गरेका भएपनि निश्चित तोकिएको भने थिएन । यस पटकबाट हरेक महिना सिड्नीमा, हरेक तीन महिनामा भिक्टोरियामा र अन्यत्र पनि वाणिज्यदूतका कार्यालयहरु र सामूदायिक संघसंस्थाको सहकार्यमा मोबाइल पासपोर्ट सेवालाई नियमित गरिने भएको छ ।
वाणिज्यदूत गौलीले यस कार्यमा स्वयंसेवी रुपमा खटिने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया