पक्राउ पूर्जी जारी भएपछिको प्रतिक्रिया : वास्तविकता समयक्रमसँग खुल्दै जाला

पक्राउ पूर्जी जारी भएपछिको प्रतिक्रिया : वास्तविकता समयक्रमसँग खुल्दै जाला



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बोलेका छन् । देशको सबैभन्दा ठूलो पार्टी र त्यसको प्रभावशाली सभापतिको रुपमा देशकै नीति निर्माणदेखि सम्पूर्ण क्षेत्रमा प्रभाव जमाएका उनले अकुत सम्पत्ति कमाएको र त्यस्तो सम्पत्ति भ्रष्टाचारजन्य कार्यबाट कमाइएको आरोप छ । यस सम्बन्धमा सरकारले सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउने निर्णय गरेसँगै सुरु भएको अनुसन्धानका क्रममा उनलाई पक्राउ पूर्जी जारी भएको हो । देश बाहिर भएका कारण सम्पर्कमा नआएको अवस्थामा रेड कर्नर नोटिस जारी हुनेछ ।

पछिल्लो समय आरजु देउवा र उनका छोरा जयवीर देउवाको बढ्दो सम्पत्ति नै देउवाको अहिलेको अनुसन्धानको कारक बनेको छ । जेन्जी आन्दोलनको बेला हातपातको समेत शिकार भएका दम्पत्तिको सम्पत्तिको श्रोत के हो भन्ने विषय खुलेर यस सम्बन्धी अनुसन्धान सकिँदा उनले भ्रष्टाचार गरी अकुत नकमाएको अवस्थामा डराउनुपर्ने केही देखिँदैन । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको योगदानलाई कसैले विर्सन पनि सक्दैन । तर, अनुसन्धानमा जाँदा नै यसको प्रतिक्रया स्वरुप परिचालन गर्नु भने प्रत्युत्पादक हुनसक्ने धेरैको आंकलन छ । देउवाले अज्ञात स्थलबाट जारी गरेको विज्ञप्तिमा सम्पत्तिसम्बन्धी विषयमा प्रचारबाजीलाई उनले ुभ्रामक र झुटा भनेका छन् ।

देउवाले बुधबार साँझ फेसबुकमा नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गरेका छन् । “म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,” उनले लेखेका छन् ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको देउवाले बताएका छन् । आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको उनको भनाइ छ ।

बरु भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न २०४८ सालमा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गर्न आफूले अग्रसरता लिएको उनले पोस्टमार्फत स्मरण गराए ।
हाल आफू स्वास्थ्य उपचारका निम्ति विदेशमा रहेको र अझै उपचार क्रम जारी रहेको जानकारी गराउँदै देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने लेखेका छन् । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न उनको अपिल छ ।

पछिल्लो समय सिंगापुरमा उपचार गराउने भन्दै चुनाव अघि त्यसतर्फ लागेका हङकङमा भएको र केही दिनमा नै स्वदेश फर्कने उनका सहयोगी भानु देउवाले जानकारी दिएका थिए । तर, उनी स्वदेश फर्किएनन् । अझै उपचार जारी रहेको पछिल्लो स्पष्टीकरणले उनी पुनः सिंगापुर नै फर्किसकेको बुझिन्छ । ंिसंगापुरमा नेपालीलाई कुनै भिसा नलाग्ने भएपनि ३० दिनभन्दा बढी बस्न भने पाइदैन । ३० दिन कट्नु अघि नै अर्को कुनै देशमा पुगेर फेरि रिईन्ट्री गरेको अवस्थामा फेरि अर्को ३० दिनका लागि भने बस्ने सुविधा प्राप्त छ । यसैका लागि उनी हङकङ गएको केहीले अनुमान गरेका छन् ।