विशेष महाधिवेशनमा गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?

विशेष महाधिवेशनमा गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो ुराजनीतिक प्रस्तावु पेस गरेका छन् । उक्त प्रतिवेदनमा विभिन्न समूह बनाएर छलफल जारी छ । महामन्त्री थापाले पार्टीको वैधानिकताको रक्षा र ुजेनजीु विद्रोहले उठाएका एजेन्डाको सम्बोधनलाई केन्द्रमा राखेका छन् ।

प्रतिवेदनमा महामन्त्री थापाले केन्द्रीय समितिबाटै महाधिवेशन बोलाउन अन्तिमसम्म प्रयास गर्दा पनि सम्भव नभएपछि बाध्य भएर विशेष महाधिवेशनको बाटो रोज्नुपरेको बताएका छन् । उनले यस महाधिवेशनलाई ‘कांग्रेस बदल्ने’ र त्यसकै माध्यमबाट ‘देश बदल्ने’ अभियानको रूपमा व्याख्या गरेका छन् ।

प्रस्तावमा गत भदौ २३ र २४ गते भएको नवयुवा पुस्ता जेनजीको आन्दोलन र त्यस क्रममा भएका दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। यस्तो छ प्रतिवेदन पढ्नुहोस्