काँग्रेस विवाद : एकातिर विशेष महाधिवेशन, अर्कोतिर केन्द्रीय समिति बैठक अह्वान

काँग्रेस विवाद : एकातिर विशेष महाधिवेशन, अर्कोतिर केन्द्रीय समिति बैठक अह्वान


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि अहिले कांग्रेसमा विवाद बढ्दै गएको छ ।महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्र जारी रहेको छ ।
यसैबीच, पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीहरुसँग सम्वाद गर्ने तयारी गरेका छन् । आफु निकटका नेताहरुसँग गरिएको छलफलपछि उनी महामन्त्रीहरुसँग भेट गर्न सहमत भएका हुन् । यसअघि पटक पटक भेट्न खोज्दा पनि महामन्त्रीहरुसँग कुरा गर्न उनी तयार थिएनन् । केन्द्रीय कार्यसमितिमा नोट अफ डिसेन्ट लेखेपछि रिसाएका देउवाले महामन्त्रीहरुले क्रियाशील सदस्यताको टुंगो लगाउन नसकेको आरोप लगाउँदै आएका छन् । जिम्मेवारी लिएर पूरा नगर्ने तर अनेक राजनीति गर्दै हिंडेको उनको आरोप छ ।