भिक्टोरियामा एकैदिन २२ सय ९७ नयाँ कोरोना संक्रमित थपिए

भिक्टोरियामा एकैदिन २२ सय ९७ नयाँ कोरोना संक्रमित थपिए


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमण घट्नुको साटो बढिरहेको छ । पछिल्लो २४ घण्टामा २२ सय ९७ नयाँ कोरोना संक्रमित भेटिएको तथ्य स्वास्थ्य विभागले सार्वजनिक गरेको छ । यस्तै ११ जनाले कोभिडकै कारण यो अवधिमा ज्यान समेत गुमाएका छन् । गएको २४ घण्टामा ३७ हजार ६ सय ११ कोरोना विरुद्धको खोप वितरण गरिएको छ भने यससँगै कूल ६१ दशमलब ७ प्रतिशतले दुबै खोपको मात्रा लगाइसकेका छन् । पछिल्लो तथ्यांकसँगै कूल कोरोना संक्रमितको संख्या २० हजार ५ सय ५ पुगेको छ ।

छैठौं पटक लकडाउन व्यहोरिरहेको भिक्टोरियाले ७० प्रतिशत डबल डोज कोरोना खोप पुगेपछि आगामी २६ अक्टोबरबाट राज्यमा लगाइएका प्रतिबन्धहरु खोल्ने योजना बनाएको छ । योजनाभन्दा अघि नै ७० प्रतिशत खोपदर पुग्ने अवस्थापछि प्रतिबन्ध हटाउने योजनालाई अघि सार्ने तयारी भइरहेको छ ।