काँग्रेसमा संकट, आज दुबै पक्षका बैठक र पत्रकार सम्मेलन !

काँग्रेसमा संकट, आज दुबै पक्षका बैठक र पत्रकार सम्मेलन !



काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको विवाद उत्कर्षमा पुग्दैछ । आज विहानैबाट सभापति शेरबहादुर देउवाले आफ्नो गुटका नेताहरुको बैठक बोलाएका छन् भने दिउँसो नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत तय भएको छ ।

महाधिवेशनको विषय चरमोत्कषमा पुगेका बेला कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशनका लागि अगाडि बढेपछि सभापति शेरबहादुर देउवाले हिजो नै कार्यवाहक सभापति पूर्णबहहादुर खड्का, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल, रमेश लेखक लगायतसँग छलफल गरेका थिए।
हाल धुलिखेलमा पार्टीको राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त रहेका गगन थापाले कार्यसम्पादन बैठकमा सहभागी हुने सम्भावना नरहे पनि विश्वप्रकाश शर्माले उक्त बैठकमा आफ्नो पक्षीय धारणा राख्नेछन् । गगन थापा लगायतको टिमले विशेष महाधिवेशनको लागि हल समेत बुक गरिसकेका छन् । भृकुटीमण्डपमा विशेष अधिवेशन गर्नुपर्ने उनीहरुको तयारी छ ।
आजै विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलनको आयोजना गर्दैछन् जहाँ अहिलेको परिस्थितिमा किन विशेष महाधिवेशनको विकल्प छैन भन्ने विषयमा स्पपष्टीकरण दिने अपेक्षा छ । नेपाली काँग्रेसभित्र अहिलेको परिस्थितिलाई हेर्ने दृष्टिकोण र आगामी दिनको बाटोका विषयमा समेत मतैक्य छैन ।