प्रहरीले बम बरामद गरेपछि विप्लबको पार्टी आन्दोलनमा

प्रहरीले बम बरामद गरेपछि विप्लबको पार्टी आन्दोलनमा



काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

छापा मार्ने क्रममा ठूलो मात्रामा बिस्फोटक पदार्थ र हतियारहरु बरामद भएको थियो । पछिल्लो पटक जेन्जी आन्दोलनको क्रममा युवाहरुलाई देखाएर विप्लबका कार्यकर्ताहरु समेतको घुसपैठ भएको आंकलन गरिएको थियो ।