भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् ।
गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिँदै उनले उत्तः जानकारी दिएका हुन् । मन्त्री खरेलले भने “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्णरूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल भयो, आजै नेकपाका अध्यक्ष प्रचण्डसँग पनि छलफल हुँदैछ । सरकार निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध छ ।”
अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको खरेलले बताए ।
यसअघि खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर पार्टीको स्थिति र अडान के हो भन्ने जिज्ञासा राखेका थिए । यसको जवाफमा प्रचण्डले आफुहरु निर्वाचनका लागि तयार भएको बरु चुनाव सार्ने कुरा सैह्य नहुने बताएका थिए भने काँग्रेस सभापति देउवाले आफुहरुको प्राथमिकता संसद पुनस्र्थापना नभएको बताएका थिए ।

प्रतिक्रिया