प्रधानमन्त्री कार्कीले बिसाइन् मन्त्रालयको भारी, अब रक्षा मात्रै

प्रधानमन्त्री कार्कीले बिसाइन् मन्त्रालयको भारी, अब रक्षा मात्रै



काठमाडौं । ११ जनाभन्दा बढी मन्त्री नबनाउने उद्घोषका साथ बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अन्ततः आफ्नो भागमा रहेका रक्षा बाहेकका सबै मन्त्रालयको भार बिसाएकी छिन् । परराष्ट्र मन्त्रीमा बालानन्द शर्मालाई नियुक्त गरेलगत्तै आफुसँग रहेको मन्त्रालय पनि बहालवाला अर्को मन्त्रीलाई दिएर उनले आफ्नो भार कम गरेकी हुन् । चुनाव हुन २ महिना बाँकी हुँदा मन्त्री बनाएको भन्दै आलोचना भइरहेका बेला चुनाव अघि केही मन्त्रीले राजीनामा दिने भएका कारण अहिलेलाई नै यस्तो व्यवस्था गरिएको आंकलन छ । कुलमान घिसिङ तीन मन्त्रालयका साथ सरकारमा छन् । उनले मन्त्री छोड्ने पक्का छ ।

चुनाव घोषणा भएपछि नयाँ नियुक्ति गर्न नपाइने भएका कारण अहिले नै परराष्ट्रमा बालानन्दलाई ल्याइएको हो । पछि जिम्मेवारी थप गर्ने योजना छ ।
यसैबीच, नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ दिलाएका हुन् ।

माओवादी जनसेनाका लडाकू व्यवस्थापनमा काम गरेका शर्माले कार्की सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मा पाएका हुन् ।

प्रधानमन्त्री कार्कीले आफूसँग रहेको खानेपानी मन्त्रालयको जिम्मा श्रम मन्त्री समेत रहेका राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन् ।

शर्मा मन्त्रिपरिषद्को वरीयतामा १५ औं नम्बरमा छन् ।

यसअघि गत मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरिएको थियो ।