काठमाडौं । जेन्जी आन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेका पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिने भएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।
‘आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु’, उनले भने ।

प्रतिक्रिया