चुनाव सार्न खोजे उथलपुथल हुने नेकपाका संयोजक प्रचण्डको चेतावनी

चुनाव सार्न खोजे उथलपुथल हुने नेकपाका संयोजक प्रचण्डको चेतावनी



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताएका छन् । उनले चुनाव निर्विकल्प भएको पनि बताए । तर, केही समयदेखि सरकारले नै चुनाव सार्न खोजेको आशयका समाचार आइरहेको बताउँदै उनले चुनाव सार्न खोजे त्यसले देशमा उथल पुथल ल्याउने पनि दावी गरे ।

उहाँले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल पार्न एकजुट हुनुपर्नेमा जोड दिए । अब अरु विकल्पमा जाँदा जोखिम हुने भन्दै उहाँले निर्वाचनको विकल्पमा जानुको विकल्प नभएकोमा उनको जोड छ ।

प्रचण्डले निर्वाचनको मिति सार्ने काम सरकारले गर्नु नहुनेमा समेत जोड दिए । सरकारले निर्वाचनको मिति सार्ने काम गरेमा संविधान मिचिने उनको दावी छ । प्रचण्डले नेकपाको शक्तिलाई जिस्क्याउने काम नगर्न चेतावनीसमेत दिएका थिए । कार्यक्रममा बोल्दै उनले बालेन र हर्कहरुलाई आफुले गणतन्त्रको फुल भनेको तर उनीहरु विस्तारै काँडा बन्दै गएको पनि बताए ।

जेनजीको बुबाआमा नै नेकपा भएको भन्दै प्रचण्डले आफुहरुले आन्दोलन थाल्दा जेन्जीकै उमेरमा रहेको स्पष्टीकरण पनि दिएका छन् ।

‘अहिले जेनजी युवाका प्रतिनिधि हौँ भनेर स्टन्ट गर्ने धेरै देखिएका छन् । जेनजी युवा भनेको एउटा उमेर समूह हो । त्यो कुनै संस्था, विचार र सङ्गठन होइन । जेनजी यत्रतत्र जतासुकै छन् । जेनजी हाम्रो पेवा भन्ने ठानेको छ भने त्यो भ्रम त्यागे हुन्छ । नेपाली कम्युनिस्ट पार्टीले जसले भ्रष्टाचारविरुद्ध, सुशासनका लागि लडाइँ लडेको छ । हामी नै जेनजी पुस्ताका सही प्रतिनिधि हौँ । कसैले स्टन्ट नगरे हुन्छ । जेनजीको असली अभिभावक नेकपा हो । ’