मुहार हँसिलो बनाउन प्रधानमन्त्रीलाई रवि लामिछानेको आग्रह

मुहार हँसिलो बनाउन प्रधानमन्त्रीलाई रवि लामिछानेको आग्रह



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् ।

चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई न्यायको मूर्ति भनेर हिजो पुजिएको र आज देशलाई मात्र आमा भन्नेहरुले उनलाई आमा भनिरहेको भन्दै खुट्टा नकमाउन आग्रह गरे । उनले भने, महार हसिलो पार्नुहोस् । सुशासनका लागि कदम चाल्नुहोस् । हदै भए नख्खु पुग्नुपर्ला अरु केही हुँदैन । लामिछानेले मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको पनि बताए । उनले भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताएका थिए । पुराना राजनीतिक दलले दुःख दिए पनि नयाँले नदिने दाबी छ।

रविले भने, ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनु पर्छ। भत्केका संरचना बनाउनुपर्ने छ। टुटेका सपनाहरुमा आवाज दिनुपर्ने छ। यसरी हामी तयार भएर बसेका छौँ। पुरानाले दुःख दिए आजका नयाँले दुःख दिने छैनन्। तपाईंहरुको सबैको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशामा लैजाने छौँ। आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्त्वपूर्ण छ। सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु।’