काठमाडौं ।
नेकपा एमालेको अध्यक्षमा तेश्रो पटक केपी शर्मा ओली निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनमा भएको मतदानमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै उनी एमालेको शक्तिशाली अध्यक्ष बन्न पुगेका छन् ।
यसअघि विरोधीहरुलाई समेत समेट्दै अघि बढ्का उनले चुनावी प्रतिस्पर्धामा जाँदा थप बल प्राप्त गरेका छन् । तर, आफ्नो राजनीतिक सहयोगी विष्णु रिमाललाई भने चुनाव जिताउन सकेनन् । यस्तै गोकर्ण विष्ट उपाध्यक्ष र उपमहासचिव योगेश भट्टराईले पदाधिकारीमा फरक मतको मशाल कायमै राखेका छन् ।
उता पहिलो पटक प्रवासबाट अमेरिकाका सन्जय थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी प्रवासी नेपाली मञ्चको अध्यक्ष पद छोडेर चुनावमा सहभागी भएका थिए ।
यस्तै चर्चित युवातर्फ सुहाङ नेम्वाङले खुलातर्फ केन्द्रीय सदस्य जितेका छन् भने कोमल ओली, काठमाडौंकी उपमेयर सुनीता डंगोल पनि विजयी भएकी छिन् । प्रतिस्पर्धामा टिम नै बनाएर ईश्वर पोखरेलको प्यानलमा रहेका कतिपय नेताहरु पदाधिकारीमा पराजित भएपनि केन्द्रीय सदस्यमा भने विजेता बनेका छन् ।
हेर्नुहोस् विजयी केन्द्रीय पदाधिकारी र सदस्यहरुको मतसंख्या

प्रतिक्रिया