नेकपा एमालेको उम्मेद्वारीसमय सकियो, अध्यक्षमा ओली र पोखरेल प्रतिस्पर्धामा

नेकपा एमालेको उम्मेद्वारीसमय सकियो, अध्यक्षमा ओली र पोखरेल प्रतिस्पर्धामा



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष ओलीले अपराह्न ३:३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । अझै पनि सहमतिको प्रयास जारी रहने नेताहरुले बताए पनि यस्तो सम्भावना क्षीण देखिएको छ । एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । रासस