आईतबार मेलबर्नमा काठमाण्डू प्रोपर्टीज कप फुटबल प्रतियोगिता

आईतबार मेलबर्नमा काठमाण्डू प्रोपर्टीज कप फुटबल प्रतियोगिता



मेलबर्न, अष्ट्रेलिया ।
आगामी आईतबार १४ डिसेम्बर स्थानीय डरेविन ईन्टरनेशनल स्टेडियम थनबरीमा काठमाण्डू प्रोपर्टीज कप र एभरेष्ट होम लोन्स लिजेन्ड्स कप प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी टोलीको ग्रुप छनोट सम्पन्न भएको छ । जस अनुसार १६ वटा टिम सहभागी हुँदैछन् । यस्तै लेजेन्ड्स कपतर्फ १० वटा टिमले सहभागिता जनाउनेछन् ।

काठमाडौं प्रोपर्टीजमा आयोजना गरिएको समूह छनोट कार्यक्रममा लिजेन्ड्सतर्फ ग्रुप ए मा क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, यति फुटबल क्लब, ईडब्लूएनसी स्पोर्टस क्लब, दि हिमालयन टाईगर्स र हिमालयन फुटबल क्लब परेका छन् भने ग्रुप बीमा क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब रेड, रोयल वेष्टर्न क्लब, फुटबल फर द फिटनेस, मेलबर्न वारियर्स स्पोर्टस क्लब, एभरेष्ट युनाईटेड फुटबल क्लब रहेका छन् ।

उता खुला उमेर समूहतर्फ समूह ए मा अल्बरी उडुंगा हिमालयन्स, हिमालयन फुटबल क्लब, कालीका फुटबल क्लब, चन्द्रसूर्य फुटबल क्लब रहेका छन् । यस्तै समूह बीमा रोयल फुटबल क्लब, युनाईटेड फुटबल क्लब मेलबर्न, क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब ग्रीन, नेप्लीज राईनोज फुटबल क्लब रहेका छन् ।


समूह सीमा एभरेष्ट युनाईटेड फुटबल क्लब, थन्डर ड्रागन फुटबल क्लब, क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लब रेड, नर्थपिक फुटबल क्लब रहेका छन् । उता समूह डीमा बालाराट नेपाली फुटबल क्लब, यति फुटबल क्लब, दि हिमालयन टाईगर्स र सूर्योदय फुटबल क्लब रहेका छन् ।