नयाँ दलका चुनाव चिन्ह थरी थरीका, लाईक बटनदेखि मोबाइलसम्म

नयाँ दलका चुनाव चिन्ह थरी थरीका, लाईक बटनदेखि मोबाइलसम्म



काठमाडौँ — निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ । समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएका कारण नेकपा एमाले पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा काँग्रेसको चुनाव चिन्ह रुख, तेश्रोमा नेपाली कम्युनिष्ट पार्टीको तारा र चौथोमा घण्टी रहेको छ ।

आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगका अनुसार यसपटक निर्वाचनमा १०७ चुनाव चिह्न प्रयोग हुनेछ । जसमध्ये १०२ दलले एक्लाएक्लै चुनावमा भाग लिने छन् भने १२ दलले ५ समूह बनाएर संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने छन् ।

निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जनाएको छ । नयाँ दलहरुले माग गरे अनुसार नै चुनाव चिन्ह दिँदा यस पटक कतै फेसबुकको लाईक बटन चुनाव चिन्हमा देखिएको छ भने कतै मोबाइल फोन नै चुनाव चिन्हमा देख्न सकिन्छ । अरु पनि रोचक चिन्हहरु छन् । त्यसको लागि यता हेर्नुहोस् –