लिबरल फ्रेन्डस अफ नेपालले सांसदहरुसँग समूदायको अन्तरक्रिया गर्दै !

लिबरल फ्रेन्डस अफ नेपालले सांसदहरुसँग समूदायको अन्तरक्रिया गर्दै !



मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको विपक्षी दल लिबरल पार्टीमा आबद्ध भएका नेपालीहरु सम्मिलित लिबरल फ्रेन्डस अफ नेपालले आगामी शनिबार नेपाली समूदायसँग अन्तरक्रिया गर्ने भएको छ । लिबरल भिक्टोरियामा बहुसांस्कृतिक क्षेत्र हेरिरहेका सांसदहरु ईभान मुलान्ड र रिचार्ड वेल्चको उपस्थितिमा क्रेगीबर्नको एन्ज्याक पार्कमा कार्यक्रम गर्न लागिएको हो ।

मध्यान्ह १२ बजेदेखि २ घण्टासम्म चल्ने उक्त बार्बिक्यूसहितको अन्तरक्रियामा समूदायको अपेक्षा, हाल भिक्टोरियामा देखिएका समस्या, तिनलाई समाधान गर्न लिबरल पार्टीले खेल्नसक्ने भूमिका लगायतमा केन्द्रित हुने कार्यक्रम संयोजकमध्येका एक टोनु घोतानेले केविसीखबरलाई जानकारी दिए ।

उनका अनुसार समूदायको तर्फबाट आफ्ना अपेक्षाहरु राख्नका लागि यो भेट महत्वपूर्ण हुनेछ । साथै, मेलबर्नको उत्तरी क्षेत्रमा बसोबास गर्ने ठूलो संख्याको नेपालीहरुको अपेक्षा बुझ्नका लागि लिबरल पार्टीका निम्ति पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए ।