केन्द्रीय समितिमा एमालेअध्यक्ष ओलीको आफ्नै जिकिर, प्रतिगमन भएको दावी

केन्द्रीय समितिमा एमालेअध्यक्ष ओलीको आफ्नै जिकिर, प्रतिगमन भएको दावी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार योजनाअन्तर्गतको प्रतिगमन भएको दाबी गरेका छन् । जेनजी आन्दोलनका मागसँग यो सरकार नजोडिने उनको भनाइ थियो ।

एमाले केन्द्रीय कमिटी बैठकलाई बुधबार ललितपुरमा सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने कुरा संविधानविपरीतको कदम भएको बताएका हुन् ।

‘आजको प्रतिगमनको स्थितिलाई बुझ्नुपर्छ, चुनाव हुनेवाला छैन, अवैध र असंवैधानिक सरकार हो,’ ओलीले भने, ‘पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ हुँदैन भनेर संविधानमा लेखेको छैन रु असंवैधानिक ढंगले विघटन गर्न पाइँदैन भनेर फैसला गर्नेले असंवैधानिक ढंगले संसद् विघटन गर्न मिल्छ रु’

ओलीले अहिलेको सरकार योजनाअन्तर्गतको प्रतिगमन भएको र जेनजी मागसँग नजोडिने बताए ।

अहिलेको प्रतिनिधिसभा विघटन र आफूले २०७७ सालमा गरेको विघटनको धरातल फरक रहेको ओलीले दाबी गरे ।

‘अहिले पनि जेनजीले भनेका छन् प्रधानमन्त्रीको राजीनामा, संसद् विघटन र संविधान मास्ने हाम्रो माग थिएन, २३ गते मध्यान्हबाट हाम्रो आन्दोलन हाइज्याक भयो भनेका छन्,’ ओलीले भने ।