काठमाडौं । बिहीबार काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ परेका डा। निकोलस भुसालले गाँजा सेवन गरेको स्वास्थ्य रिपोर्ट आएको छ ।
प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
यसअघि पनि गत वर्ष निकोलसलाई पक्राउ गरेर स्वास्थ्य जाँच गर्दा उनले गाँजा खाएको रिपोर्टमा उल्लेख भएको थियो । यो पटक बिहीबार पनि गाँजा सेवन गरेको रिपोर्ट आएको एसपी भट्टराईले बताए ।
प्रहरीले भुसाललाई सुधार गृहमा राख्नेगरी आफन्तलाई बुझाएको छ । बिहीबार साँझ भुसालले भने आफुले गाँजा सेवन नगरेको फेसबुक लाईभ मार्फत जानकारी दिएका छन् । उनले गृहमन्त्रीले षड्यन्त्र गरेको बताएका छन् । यसअघि पनि उनलाई पक्राउ गर्दा गाँजा सेवन गरेको पाइएको थियो ।

प्रतिक्रिया