प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ देशवासीको नाममा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेकार्यतालिका तय भएको छ ।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो ।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । उनको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भई मन्त्रिमण्डललाई वर्तमान सरकारको प्राथमिक कार्यभार ६ महिना अर्थात् फागुन २१ गने निर्वाचन सम्पन्न गर्ने रहेको छ । रासस