सुशीला कार्की नेपालको नयाँ प्रधानमन्त्री, ६ महिनाभित्र चुनाव गराउने कार्यभार

सुशीला कार्की नेपालको नयाँ प्रधानमन्त्री, ६ महिनाभित्र चुनाव गराउने कार्यभार



काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको पथ गहण गरेकी छिन् । शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराएका थिए । सपथसँगै सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा उनले कार्यभार सम्हालेकी छिन् ।

आजको सपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री मध्ये बाबुराम भट्टराई सहभागी थिए । यस्तै रास्वपा नेतृ सुमना श्रेष्ठ पनि सपथग्रहण समारोहमा सहभागी बनेकी थिइन् । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका उच्च अधिकारीहरु, जेनजी पुस्ताका प्रतिनिधिहरु, सुदन गुरुंग लगायत पनि सहभागी थिए ।

प्रमुख राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीहरु र संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने उक्त सपथमा सहभागी भएनन् ।

सपथग्रहणपछि शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले तपाईं सफल हुनुहोस् । देश सफल होस् भनेका थिए । नेपालको संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो ।