काठमाडौं ।
नेपाल सरकारले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय गरेको छ । स्वतन्त्र र निष्पक्ष छानविन गर्नुपर्नेमा कसको नेतृत्वमा छानविन हुँदैछ भन्ने पनि नखुलाई सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुंगले पत्रकारहरुलाई जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद बैठकबारे पत्रकारलाई जानकारी गराउँदै मन्त्री गुरुंगले गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिएको पनि जानकारी दिएका थिए ।
सरकारका प्रवक्ता गुरुङले अरु मन्त्रीहरुको राजिनामा नआउने तर घटनाबारे सत्यतथ्य कुरा छानविन समितिमार्फत बाहिर ल्याउने बताएका थिए । सरकारले सामाजिक सञ्जालको नियमन गर्नेगरी सूचीकरणका लागि प्रयास गरेको भए पनि त्यसको गलत अर्थ लगाइएको उनको दावी थियो । सरकाले आन्दोलनको क्रममा निधन भएकाहरुको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको पनि जानकारी दिएका थिए ।
प्रतिक्रिया