जेन जीको आन्दोलनमा कम्तिमा ९ जनाको ज्यान गयो, देशका अन्य भागमा पनि प्रदर्शन

जेन जीको आन्दोलनमा कम्तिमा ९ जनाको ज्यान गयो, देशका अन्य भागमा पनि प्रदर्शन


काठमाडौं । युवा पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरोधी आन्दोलनको क्रममा कम्तिमा ९ जनाको ज्यान गएको छ । घाईतेको संख्या बढी भएका कारण यो संख्या बढ्ने अनुमान छ । हालसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको निधन भएको हो । ज्यान गुमाउनेहरुको विस्तृत विवरण आइसकेको छैन । स्थानीय प्रशासनले काठमाडौंको बानेश्वर क्षेत्रमा राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।

यस्तै चितवन, पोखरा, बुटवल लगायतमा पनि प्रदर्शन भएका छन् । प्रदर्शनकारीहरुले चितवन महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उता पोखरामा स्थिति नियन्त्रण बाहिर जाँदा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको छ ।
आन्दोलनकारीहरुको तर्फबाट तत्कालै घर फर्कने आग्रह गरिएको भएपनि विभिन्न क्षेत्रमा प्रदर्शन जारी छ । आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्न लागेको खबरहरु आएका छन् ।