सिड्नीमा शनिबार काँग्रेस नेतृ सिर्जना सिंहसँग अन्तरक्रिया हुँदै !

सिड्नीमा शनिबार काँग्रेस नेतृ सिर्जना सिंहसँग अन्तरक्रिया हुँदै !


सिड्नी, अष्ट्रेलिया ।

नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहसँग आगामी शनिबार अन्तरक्रिया आयोजना हुने भएको छ । निजी कामका सिलसिलामा अष्ट्रेलिया आएको अवसर पारेर सिंहसँग सिड्नीको नेपाली समूदायको अन्तरक्रिया राखिएको जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश रनसिंह गुरुंगले जानकारी दिए ।

विहान ९ बजेदेखि १२ बजेसम्म सिड्नीको ग्रानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा भेटघाट र चियापान गर्ने तयारी छ । सिंह कार्यवाहक प्रधानमन्त्री एवं काँग्रेस उपसभापति प्रकाशमान सिंहकी पत्नी हुन् । उनी हाल महासमिति सदस्य, नेपाल महिला संघकी सल्लाहकार समेत हुन् । गुरुंगले सिड्नीको नेपाली समूदायका सबैजनालाई कार्यक्रममा सहभागी भइदिन अनुरोध गरेका छन् ।