सिड्नीमा आजबाट अध्यात्मिक महोत्सव, बरउड पार्कमा तीन दिनसम्म सत्संग

सिड्नीमा आजबाट अध्यात्मिक महोत्सव, बरउड पार्कमा तीन दिनसम्म सत्संग


सिड्नी, अष्ट्रेलिया ।
सिड्नीमा नेपालीको आफ्नै बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको सिड्नी अध्यात्मिक महोत्सव आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको प्रमुख आकर्षण वाचन शिरोमणि दिनबन्धु पोखरेलको अध्यात्मिक र धार्मिक प्रस्तुति रहेको छ भने बौद्ध गुरु खेन्पो तेन्जिंग त्रिन्लेले पनि प्रवचन दिनेछन् ।
पहिलो दिनको उद्घाटन सत्र साढे १० बजे भएपनि विहान ९ बजेदेखि कलश यात्रा गरिनेछ । कलब यात्राको लागि १२ सय ८ कलश दर्ता भइसकेको छ । कलश यात्रापछि बरउड पार्कमै फर्किएर औपचारिक महोत्सवको उद्घाटन गरिनेछ । कार्यक्रममा बहुसंसकृति मन्त्रीसहित सरकारी अधिकारीहरुलाई निमन्त्रण गरिएको छ ।
यसपछि पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नेछन् । दिउँसो २ बजेसम्म यो अध्याय चल्नेछ भने त्यसपछि आचार्य राजन शर्माको प्रवचन तीन बजेसम्म रहेनछ । त्यस लगत्तै पुनः दिनबन्धु पोखरेलले नै कथावाचनलाई निरन्तरता दिनुहुने आयोजक ग्रेटर सिड्नी मल्टिकल्चरल सेन्टरका पदाधिकारीहरुले जानकारी दिएका छन् । साँझ साढे ६ बजेदेखि सन्ध्या आरती र गंगा आरती गरिने भएको छ ।