सिड्नी, अष्ट्रेलिया । नेप्लीज हिन्दू सोसाईटी अफ अष्ट्रेलियाको आयोजनामा बरउड सिटी काउन्सिलसँगको सहकार्यमा सिड्नीको बरउड पार्कमा भएको तीजमा सहभागी भएका न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले तीज महोत्सवलाई थप सहयोग प्रदान गर्ने धारणा सार्वजनिक गरेका छन् । बुधबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । कार्यक्रममा सहभागी भएको फोटो सार्वजनिक गर्ने क्रममा उनले तीज महोत्सवलाई अझै बृहद र भव्य बनाउने उल्लेख गरेका छन् ।
उनी भन्छन् “सरकारको तर्फबाट हामी चाहन्छौं यस्ता पर्व–महोत्सव वर्षैभर आयोजना भइरहोस्। आयोजकहरूसँग मिलेर यसलाई आगामी वर्षहरूमा अझ ठूलो र भव्य बनाउनका लागि पहल भइरहेको छ।”






प्रिमियर क्रिस मिन्स नेपाली समूदायसँग विशेष नजिक सम्बन्ध राख्न चाहने नेताका रुपमा परिचित छन् । उनी प्रिमियर भएपछि नेपालीका कार्यक्रमहरुमा उनलाई विभिन्न अवसरमा देख्न पाइएको छ । तीज महोत्सवमा यसभन्दा अघिको वर्ष पनि उनी उपसिथत भएका थिए । उनले भनेका छन्, यदि तपाईँ हिजो बर्वुड क्षेत्रमा हुनुहुन्थ्यो भने, संगीत, रङ्ग र हाम्रो नेपाली समुदायको अद्भुत संस्कृति झल्किने अत्यन्तै उत्साहपूर्ण जमघट देख्न पाउनुहुन्थ्यो।
प्रिमियर मिन्सले सार्वजनिक गरेको फेसबुक पोष्टमा धेरै नेपालीहरुले कमेन्ट र शेयर गरेका छन् । उनी बुधबार साँझ आफैं यी कमेन्टमा लाईक पनि गर्दै गरेको भेटिएका थिए । उनले पोष्टमा भनेका छन्, गत पाँच वर्षमा यहाँको नेपाली जनसंख्या दोब्बरभन्दा बढी भएको छ, जुन हाम्रो लागि निकै सकारात्मक कुरा हो। न्यू साउथ वेल्समा रहनुहुने नेपाली समुदाय मेहनती, समर्पित र शिक्षित समुदाय हो, जसलाई पाउनु हाम्रो सौभाग्य हो। हिजोको कार्यक्रम नेपाली जनसमुदाय, संस्कृतिको उत्सव र अष्ट्रेलियामा तपाईँहरूले दिनुभएको योगदानको उत्साहजनक प्रदर्शन थियो। सवैलाई तीज पर्वको शुभकामना। २०२६ मा फेरि भेटौँला१
यसअघि तीज महोत्सवमा नेपालकी चर्चित कलाकार नीता ढुंगाना तथा सिड्नीमै परिचित गायिका माधबी अर्याल बिष्टले उपस्थित दर्शकलाई मनोर१जन प्रदान गरेका थिए । उक्त अवसरमा बरउड सिटी काउन्सिलका मेयर, काउन्सिलर स्वीकृति भट्ट, न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, नारी निकुञ्ज संयोजक संगीता चापागाईं लगायत उपस्थित थिए । संस्थाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले सहभागिताको लागि धन्यवाद दिएकी थिइन् भने मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम संयोजक एवं एनआरएन अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य समिति संयोजकमा निर्वाचित उषा बारियाले नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिनु महत्वपूर्ण कार्य भएको बताइन् ।
कार्यक्रमस्थलमा दिनभरि नै शिव पूजाको व्यवस्था गरिएको थियो भने कालाग्नि रुद्र पीठ, लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्माले पशुपतिनाथ पूजा र गङ्गा श्रृङ्गार आरती गराएका थिए । साँझपख कार्यक्रमको मुख्य आकर्षणका रूपमा फायरवर्क्स प्रदर्शन राखिएको छ, जसले सम्पूर्ण वातावरणलाई झन् उत्सवमय बनाएको थियो ।
https://www.facebook.com/photo/?fbid=1202501081683682&set=pcb.1202501261683664
प्रतिक्रिया