मेलबर्न, अष्ट्रेलिया ।
गायक विपुल क्षेत्रीको नयाँ एल्बम प्रवाह बजारमा आउँदैछ । जसरी उनको संगीता यात्रा निरन्तर अघि बढेको छ एकनास गतिले त्यसैलाई लक्षित गर्दै एल्बमको नाम प्रवाह राखिएको हो । यस एल्बममा भएका गीतहरुलाई क्रमशः रिलिज गर्दै जाने लक्ष्य अनुरुप आगामी अगष्ट १५ मा पहिलो गीत ए साथी रिलिज गर्ने तयारी छ ।
युट्युबमा म्युजिक भिडियोसहित रिलिज गरिने यो गीत अन्य सबै अनलाईन प्लाटफर्महरुमा अगष्ट २२ भित्र सुन्न सकिनेछ । एल्बमका बाँकी गीतहरु केही साताको अन्तरालमा क्रमशः रिलिज हुनेछन् ।
विपुल क्षेत्री कालेबुङ, दार्जिलिङका गायक/गीतकार हुन् जसले नेपाली भाषामा गीत लेख्ने र गाउने गर्छन्।नेपाली लोकपरम्परालाई आधुनिक ईन्डी ध्वनीसँग मिश्रण गर्ने उनको शैलीका कारण उनी चर्चित छन् । उनको संगीतमा जन्मे बढेको पहाडी भूभाग, सम्झना र लयसँग जोडिएको गहिरो नोस्टाल्जिया झल्किन्छ ।
पश्चिमी शास्त्रीय गिटारमा डिप्लोमा गरेका विपुलको संगीत विश्वभर रहेका नेपालीमाझ लोकप्रिय छ । दिल्लीको एक विद्यालयमा संगीत शिक्षकका रुपमा काम गरिरहेका उनले एल्बम रिलिजसँगै व्याण्डका साथ विश्व यात्रा गर्ने गरेका छन् ।


प्रतिक्रिया