केन्द्रीय समितिको बैठकमा रास्वपाका यी हुन् एजेन्डा

केन्द्रीय समितिको बैठकमा रास्वपाका यी हुन् एजेन्डा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ।

शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाण्डौँमा बस्ने बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ।

बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताए।

यस्ता छन् केन्द्रीय समिति बैठकका प्रस्तावित विषयहरू

१. समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा,
केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिबेदन, आदी

२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट ९अधिकतम ३ मिनेटका दरमा०

३. केन्द्रीय सदस्य रिपोर्टिङ ९अधिकतम २ मिनेटका दरमा०

४. पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन।

५. विधान ब्याख्या अनुमोदन सम्बन्धमा।

६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा।

७. पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा।

८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा।

९. रणनीतिक समुह गठन सम्बन्धमा।

१०. संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा।

११. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा।

१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।