पाकिस्तानी क्रिकेटर बलात्कारको आरोपमा लन्डनमा पक्राउ

पाकिस्तानी क्रिकेटर बलात्कारको आरोपमा लन्डनमा पक्राउ


पाकिस्तानी क्रिकेट खेलाडी हैदर अली जबरजस्ती करणीको आरोपमा इङ्ल्यान्डमा पक्राउ परेका छन् । २४ वर्षीय हैदर अलीलाई ग्रेटर म्यानचेस्टर प्रहरीले जबरजस्ती करणको आरोपमा पक्राउ गरेको समाचारमा जनाइएको छ ।
पाकिस्तानको ‘ए’ टोली हाल इङ्ल्यान्डको भ्रमणमा छ । हैदर अली पनि उक्त टोलीका महत्वपूर्ण सदस्य हुन् । हैदर अलीले पाकिस्तानको सिनियर टोलीबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

स्थानीय प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । प्रहरीले हैदर अलीको राहदानी पनि नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

हैदर अलीविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने महिला पनि पाकिस्तानी मूलकै भएको बताइएको छ । यस विषयमा आफूहरूले पनि आन्तरिक रूपमा अनुसन्धान गरिरहेको पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०ले जनाएको छ ।

हैदर अलीले पाकिस्तानको सिनियर राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले टेस्ट क्रिकेट भने हालसम्म खेलेका छैनन् । उनले विश्वकपमा पनि भारतविरुद्धको खेल खेलेका थिए ।

उनी पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट खेल्छन् । उनले सन् २०२३ मा इङ्ल्यान्डको काउन्टी क्लब डर्बिशायरबाट पनि खेलेका थिए ।