काठमाडौं ।
नोबेल एकेडेमी नयाँ वानेश्वरमा अध्ययन गरेका छात्र फ्लोरिस भारतीले कक्षा १२ मा साइन्स तर्फ ३.९६ जीपीए ल्याई नेपाल टप गरेका छन् भने अन्य एघारजना विद्यार्थी स्कूल टपको सूचीमा छन त्यसैगरि अधिकासले A+ ल्याएका छन ।
यस वर्षको राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा अत्यधिक सफलता प्राप्त गरेकाले विद्यालयले विद्यार्थी माझ एक कार्यक्रमको आयोजना गरिछात्र(छात्राहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।
विद्यालयका प्राचार्य रबिन दाहालले विद्यार्थीको लगनशिलता,मिहिनेतले गर्दा शिक्षाको क्षेत्रमा सो सफलता प्राप्त गर्न सकेको भन्दै अभिभावक र विद्यालयका शिक्षकहरुलाई धन्यवाद दिदै आफू खुसीले बोल्ने शब्द नै नभएको बताए।
सोही कार्यक्रममा विद्यालयका शैक्षिक तथा प्रशासनिक प्रमुख राजकुमार आचार्यले आगामि दिनमा पनि उत्कृष्ट विद्यार्थी बनाउन कुनै कसर बांकी नराख्ने बताए।त्यसै गरि ३.९५ जिपिए वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई प्रति व्यक्ति रु.पचासहजार दिने पनि विद्यालयले जानकारी गराएको थियो।


प्रतिक्रिया