मेलबर्नको अदालतले गत मे महिनामा मेलबर्नको ुनर्थल्याण्डु सपिङ सेन्टरमा भएको घटनामा संलग्न १८ वर्षीय अबेल सर्जोरलाई जेलमुत्तः गरी समाजसेवा र सुधारमा पठाउने फैसला गरेपछि यसको पक्ष र विपक्षमा जनमत बाँडिएको छ ।
२५ मे मा भएको घटनाका कारण नर्थल्याण्ड सपिङ सेन्टर नै केह समयका लागि बन्द गर्नुपरेको थियो । उनलाई १ सय घण्टा अनिवार्य समाजसेवा, १८ महिनाको लागूपदार्थ र मानसिक स्वास्थ्य उपचार, पुनः अपराधमा संलग्न भए जेल सजाय, रातको समयमा घर बाहिर निस्किन प्रतिबन्ध, नर्थल्याण्ड सपिङ सेन्टरमा प्रवेश प्रतिबन्ध लगाइएको छ ।
पीडित पक्षका वकिलहरुले अदालतमा यस्तो सजायले समाजमा अपराध नघट्ने दावी गरेको थियो भने रक्षा पक्षले पछुतो मानिरहेको र सुधारको सम्भावना भएको बताएको थियो । न्यायधीश जोन बेन्टलीले सुनवाईका क्रममा व्यवहार राम्रो नदेखिए सजायको समिक्षा गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया