मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन आज हुँदैछ । विहान ७ बजेबाट साँझ ६ बजेसम्म हुने निर्वाचनमा १६ हजार १ सय १३ जना मतदाता छन् । तीन अध्यक्षसहित २ सय भन्दा बढी उम्मेद्वारहरु विभिन्न राज्य र टेरेटोरीहरुमा रहेका छन् । यस पटकदेखि राज्यले छनोट गर्ने एनसीसी सदस्यहरुका लागि पनि राष्ट्रिय तहमै भोट गर्नुपर्नेछ । विधान संशोधन मार्फत पहिलो पटक एकजना मात्र उपाध्यक्षका लागि निर्वाचन गरिँदैछ ।
मुख्यतः अध्यक्षमा भैरव ढकाल, सञ्जीव गोर्खाली ढकाल र सन्तोष कुँवर प्रतिस्पर्धामा छन् । उनीहरु क्रमशः पर्थ, डार्विन र ब्रिसबेनमा बसोबास गर्दैछन् । एनआरएन अष्ट्रेलियाको विधान अनुसार २ पटक लगातार ठूलो राज्य न्यूसाउथवेल्सबाट अध्यक्ष भइसकेपछि त्यस बाहेकका स्थानबाट मात्र उम्मेद्वारी दिने पाउने प्रावधान छ । यसैकारण यस पटकको निर्वाचनमा क्वीन्सल्याण्ड, वेष्टर्न अष्ट्रेलिया र नर्दन टेरेटोरीबाट अध्यक्ष प्रत्यासीहरु अगाडी आएका हुन् ।
यस पटकको चुनाव पूर्णत अनलाईन मार्फत हुनेछ । यसका लागि भेरो भोटिंगले विहानै सबैको ईमेलमा युनिक युजरनेम र पासवर्ड पठाइसकेको छ भने सदस्यता नवीकरण गर्दा वा नयाँ लिँदा दिइएको सेल्फीका आधारमा फेस भेरिफिकेशन गर्ने व्यवस्था छ ।
को को छन् उम्मेद्वार यहाँ हेर्नुहोस Click here >>>
यस्तै उपाध्यक्ष पदमा बबिन मिश्र र रमेश पौडेल मैदानमा छन् । महासचिवमा तीजनाबीच प्रतिस्पर्धा हुनेछ चुडामणि सापकोटा, भरतमणि देवकोटा र अर्जुन गौतम । सचिव पदमा कल्याण खड्का र गणेशराज गौतमबीच प्रतिस्पर्धा हुनेछ । कोषाध्यक्ष पदका लागि लुना सिवाकोटी र निजन चौलागाईंबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरएन अष्ट्रेलियाको निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालले चुनावी प्रयोजनका लागि हेल्प डेस्कको व्यवस्था गरिएको र कुनै अप्ठेरो भएमा सम्पर्क गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया