हिमालयन फुटबल क्लबको नयाँ जर्सी सार्वजनिक, ग्रेस इन्टरनेशनल मुख्य प्रायोजक

हिमालयन फुटबल क्लबको नयाँ जर्सी सार्वजनिक, ग्रेस इन्टरनेशनल मुख्य प्रायोजक



मेलबर्न, अष्ट्रेलिया ।

हिमालयन फुटबल क्लबले आफ्नो २०२५/२०२६ सिजनको होम र अवे जर्सी सार्वजनिक गरेको छ। जर्सी सार्वजनिक गर्न आयोजित विशेष कार्यक्रममा क्लबको नयाँ मुख्य प्रायोजकका रूपमा ग्रेस इन्टरनेशनलसँगको साझेदारी पनि घोषणा गरेको छ ।

कार्यक्रममा क्लबका बोर्ड सदस्यहरू, खेलाडीहरू, अन्य सरोकारवालाहरू, साथै ग्रेस इन्टरनेशनलको टिम उपस्थित थिए । कार्यक्रममा बोल्दै ग्रेस ईन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक राम चन्द्र पौडेलले क्लबसँग जोडिएपछि अब भविष्यको योजना पनि साथसाथै बनाउने बताएका थिए । ग्रेस ईन्टरनेशनलका निर्देशक दिपक आचार्यले खेलाडीलाई खेल्ने वातवारण दिनुपर्ने भन्दै व्यवस्थापनका कुराहरुले उनीहरुको खेल भावनामा असर गर्न नहुने धारणा राखेका थिए । कार्यक्रममा कार्यक्रममा क्लब अध्यक्ष मनोज राई, महादेव धानुक, प्रकाश रेग्मी लगायतले क्लबको सफलताको कामना गरेका थिए ।

ग्रेस इन्टरनेशनलको साथ र समर्थनमा, क्लब आगामी प्रतियोगिताहरूमा अझ बलियो र प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत हुनेमा पूर्ण रूपमा विश्वस्त रहेको अध्यक्ष राईको थियो ।