अस्टिन अस्पतालको शौचालयमा क्यामेरा भेटिएपछि प्रशिक्षार्थी सर्जन पक्राउ

अस्टिन अस्पतालको शौचालयमा क्यामेरा भेटिएपछि प्रशिक्षार्थी सर्जन पक्राउ


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा प्रहरीले एक प्रशिक्षार्थी सर्जनलाई पक्राउ गरेका छन्ज । पक्राउ परेका सर्जनले अस्टिन अस्पतालको स्टाफ शौचालयमा गोप्य रूपमा क्यामेरा राखेको आरोप लागेको छ।

२७ वर्षीय निज अष्टिन अस्पताल मा कार्यरत छन्। उनलाई हाइडलबर्ग वेस्ट स्थित उनको घरबाट पक्राउ गरिएको हो।

प्रहरीले जनाए अनुसार, जुलाई ३ तारिखमा अस्पतालको स्टाफ मात्र प्रयोग गर्ने शौचालयमा एक मोबाइल फोन फेला परेको थियो, जुन केही समयदेखि त्यहाँ रहेको आशंका गरिएको छ। अस्पतालका कर्मचारीहरूले उक्त उपकरण देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

भिक्टोरिया प्रहरीकी प्रवक्ताले भनिन्, “यो उपकरण केही समयदेखि शौचालयमा रहेको अनुमान गरिएको छ, र त्यसपछि मात्र कर्मचारीहरूले देखेर रिपोर्ट गरेका हुन्।”

प्रहरीले डाक्टरको घरमा छापा मारेको थियो र हाल उनलाई सोधपुछ भइरहेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाइएको छ।

अष्टिन अस्पतालले भने एक विज्ञप्तिमा घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। अस्पतालकी प्रवक्ताले भनिन्, “हामी हाम्रो स्टाफको सुरक्षालाई अत्यन्त गम्भीरतापूर्वक लिन्छौं। यस विषयमा भिक्टोरिया प्रहरीलाई औपचारिक रूपमा जानकारी गराइएको हो।”

यो प्रकरणको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।