बंगलादेशमा महिला अन्डर २० साफ च्याम्पियनशिप, नेपाली टोली हिंड्यो

बंगलादेशमा महिला अन्डर २० साफ च्याम्पियनशिप, नेपाली टोली हिंड्यो


काठमाडौँ । बङ्गलादेशमा जुलाई ११ देखि २२ तारिखसम्म हुने यु–२० महिला साफ च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । दक्षिण एसियाली फुटबल महासङघ ९साफ० को आयोजनामा हुन लागेको च्याम्पियनसिपमा नेपाल, आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानको सहभागिता रहनेछ ।

नेपालले जुलाई ११ तारिख भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपाली टोलीको प्रशिक्षक यमप्रसाद गुरुङले यसअघिनै नेपाली टोलीको घोषणा गरिसक्नु भएको छ ।

नेपाली टोली

बिर्सना चौधरी (कप्तान), लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।