नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटेलगत्तै फेरि पक्राउ परेका युनुस अन्सारीसँग सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटी माग गरेको छ ।
धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले अन्सारीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
२०७६ जेठ १० मा अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूबाट प्रहरीले त्यतिबेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।
सो प्रकरणमा सजाय भुक्तानीपछि अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले फेरि नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो ।
सीआईबीबो अनुसन्धान प्रतिवेदनका आधारमा गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिसकेको छ ।
नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्षरअप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो ।
खातामा भएका कारोबार हेर्दा अस्वाभाविक कारोबार देखिएकाले अन्सारीले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।
अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो मागदाबी र बढीमा १५ वर्षसम्म कैद सजायको माग गरिएको थियो ।
प्रतिक्रिया