पर्थ, अष्ट्रेलिया ।
पर्थमा रहेको पशुपतिनाथ, बौद्धनाथ अफ वेष्टर्न अष्ट्रेलिया ईन्कर्पोरेटको अध्यक्षमा राजेश बुढाथोकी चयन भएका छन् । आईतबार भएको अधिवेशनबाट बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । दुई वर्षे कार्यकाल रहेको कार्यसमितिको मुख्य जिम्मेवारी नेपाली सामूदायिक केन्द्रको सपना साकार बनाउने रहेको छ ।
यसअघि नै जग्गा खरिद गरिसकिएको छ भने त्यसमा नेपाली शैलीको मन्दिर, गुम्बा र सामूदायिक केन्द्र सञ्चालन गर्ने योजना छ । केविसीखबरसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष बुढाथोकीले समूदायको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आगामी दुई वर्षको कार्यकालमा खरिद गरिएको जग्गामा कम्तिमा पनि मन्दिरको जग राख्ने कार्य गर्नसके त्यही नै ठूलो सफलता हुने आफुले ठानेको जानकारी दिए । यसका लागि कम्तिमा पनि १९ लाख डलर लाग्ने र थप १० लाख डलर सहयोग राशी जुटाउन आफ्नो पहल रहने बताए ।
राज्य सरकार, विभिन्न राजनीतिक दलहरु र समाजसेवीहरुसँगको सहकार्यबाट यो योजना अघि बढाउने उनको भनाई छ । उनले भने, मन्दिर, गुम्बा सहितको नेपाली सामूदायिक केन्द्र बनाउने हाम्रो सपना साकार पार्नका लागि जग्गा किनिसकिएको छ । जग्गा भएपछि यहाँका राजनीतिक दल, राज्य सरकारसँग हाम्रो लागि समूदायिक केन्द्र बनाउन सहयोग प्राप्त गर्न सहज हुने रहेछ । यसरी समूदायका लागि अनुदान प्राप्त गर्नका लागि छुट्टै टिम बनाएर नै काम गर्नुपर्ने आवश्यकता छ ।
बुढाथोकी पर्थमा क्रियाशील सफल व्यवसायी हुन् । उनले विभिन्न सामाजिक कार्यक्रमहरुमा पनि हातेमालो गर्दै आएका छन् ।
यी हुन् नवनिर्वाचित पदाधिकारी
राजेश बुढाथोकी – अध्यक्ष
केदार रिजाल – उपाध्यक्ष
प्रकाश थपलिया – कोषाध्यक्ष
सहसचिव – शान्ति लामिछाने, भण्डारी
सदस्यहरु –
भरत निउरे
चुडामणि लामिछाने
देव अर्याल
धनलाल श्रेष्ठ
राजीव श्रेष्ठ
विद्या शर्मा
राज थपलिया
भरत अर्याल
मिन सुब्बा गुरुंग
बैकुण्ठप्रसाद दुलाल
दिनेश तुलाधर
सचिवको चयन पछि कार्यसमितिले चयन गर्नेछ ।
प्रतिक्रिया