मेलबर्न, अष्ट्रेलिया ।
सप्तरीमा आगलागी पीडितलाई उठाइएको सहायता राशी वितरण गरिएको छ । एशोसिएसन अफ तराई नेपाल ईन अष्ट्रेलिया एन्टा को पहलमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियासँगको सहकार्यमा थालिएको राहत संकलन कार्यमा संकलित सहायता सप्तरीको महादेव गाउँपालिका वडा नम्बर १ चिम्टिका आगलागी पीडितहरुलाई दिइएको हो । प्रति घर परिवारलाई ६ बोरा चामल र एक बोरा दाल वितरण गरिएको हो । राहत वितरणपछि गाउँपालिका अध्यक्ष सनिलकुमार मण्डल र वडा अध्यक्ष जयश्वर किशोर दास तथा नागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर शाहले एन्टाका अध्यक्ष रञ्जित साह सहित एनआरएन अष्ट्रेलिया र दाताहरु सबैलाई धन्यवाद ज्ञापन गरे ।
किन भयो विवाद ?
एनआरएन अष्ट्रेलिया यतिबेला निर्वाचनको संघारमा छ । निर्वाचनमा जाँदैगर्दा संस्थाका कोषाध्यक्ष अर्जुन गौतमले १५ जुनका दिन आगलागी पीडितहरुले रकम पाउन नसकेको भन्दै फेसबुक मार्फत ध्यानाकर्षण गराएका थिए । उनले एक वर्ष अघि नै संकलित रकम अहिलेसम्म किन पीडितकोमा पुग्न सकेन ? यो कहाँ खर्च भयो ? भनी प्रश्न गरेपछि गत बुधबार पीडितहरुकोमा राहत पुगेको छ ।
बुझिए अनुसार आगलागी पीडितका लागि संकलन गरिएको रकम तत्कालै एनआरएनको खातामा आएपनि सरकारी निकायहरुसँगको समन्वयमा समस्या देखिएपछि त्यो रकम पठाउन सकिएको थिएन । जिल्ला विपद राहत कोषमा जम्मा गर्नुपर्ने सरकारी निकायहरुको भनाई र पीडितहरुलाई आफैंले हस्तान्तरण गर्ने एनआरएन अष्ट्रेलियाको अडानबीच कुरा नमिल्दा समस्या भएको थियो । एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार तत्काली स्थानीयस्तरमा र सरकारी निकायले पनि राहतको कार्य गरिरहेको थियो ।
खासमा यो सहायता संकलन पहलको सुरुवात एशोसिएसन अफ तराई नेपाल ईन अष्ट्रेलिया एन्टाले गरेको थियो । संस्थाका अध्यक्ष रन्जित साह नेपालमै भएको मौका पारेर गत बुधबार पीडितलाई हस्तान्तरण गरिएको थियो ।
आगलागी पीडितलाई तत्कालै जानुपर्ने रकम ढिला गयो भनेर यतिबेला एनआरएन अष्ट्रेलियाका केही सदस्यहरुले सामाजिक सञ्जाल मार्फत प्रश्न गरिरहेका छन् । कोषाध्यक्षबाट सुरु भएको यो प्रश्नको जवाफमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले स्पष्टीकरण दिँदै यस्तो विज्ञप्ति सार्वजनिक गरेका छन् –



प्रतिक्रिया