मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी २६ जुलाईमा हुने निर्वाचनको तािलका सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार ६ तारिख अष्ट्रेलियाभरबाट यस पटकको चुनावमा भाग लिन पाउने मतदाताको संख्या सार्वजनिक गरिनेछ । केविसीखबरले यसअघि नै १५ हजार ५ सय ५१ मतदाता रहेको न्यूज ब्रेक गरिसकेको छ । यसरी सार्वजनिक भएको मतदाताको नामावलीउपर दावी विरोधका लागि ७ र ८ तारिखको समय दिइनेछ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालका अनुसार दावी विरोधका विषयमा छानविन गरिसकेपछि ९ तारिखमा अन्तिम नामावली प्रकाशित गरिनेछ ।
एनआरएन अष्ट्रेलिया अन्तर्गतका विभिन्न २ सय २० पदहरुमा उम्मेद्वारी दिन चाहनेहरुका लागि जुलाई १२ तारिखको दिन उम्मेद्वारी दिने समय तोकिएको छ । यसरी प्राप्त हुन आएका आवेदनका आधारमा उम्मेद्वारको सूचि १३ जुलाईमा सार्वजनिक गरिनेछ । जुलाई १५ तारिख यी उम्मेद्वारको विषयमा कसैले दावी विरोध गर्न चाहेमा तिनका लागि समय उपलब्ध गराइनेछ भने जुलाई १६ तारिख उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने तय भएको छ । यसपछि १७ तारिख कसैले आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहेमा दिनभरको समय हुनेछ भने राति १२ बजेपछि अर्थात् १८ जुलाईका दिन उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने योजना छ ।
६ तारिख फाईनल भोटर सार्वजनिक
७ र ८ मा तारिख दावी विरोध
९ फाईनल लिष्ट सार्वजनिक
१२ मा उम्मेद्वारी दिने समय
१३ नामावली उम्मेद्वारको सार्वजनिक
१५ मा दावी विरोध उम्मेद्वारको
१६ फाईनल उम्मेदवार सार्वजनिक
१७ तारिख उम्मेद्वार फिर्ताको समय
१८ फाईनल उम्मेद्वार सार्वजनिक (फिर्ता भएपछि)
२० तारिख प्रिभोटिंग
२६ जुलाई निर्वाचन । ७ बजेदेखि ६ बजे साँझसम्म (लोकल टाईम)
यस पटकको निर्वाचनका लागि पनि चुनावी सफ्टवेयरका रुपमा भेरो भोटिङ नै छनोट हुने सम्भावना छ । प्रमुख आयुक्त ढकालले अहिलेसम्म यस विषयमा कुनै टुंगो लागिनसकेको बताएपनि छलफल चलाइराखिएका कम्पनीमध्ये यसअघि पनि एनआरएनको चुनाव गराइसकेको भेरो भोटिंग नै उपयुक्त हुनसक्ने ठानिएको छ ।
निर्वाचनमा एकै परिवारको चार जना सदस्य बाहेक अन्यको सदस्यता शुल्क एउटै कार्डबाट तिर्न नमिल्ने विधानमा व्यवस्था छ । यस व्यवस्था विपरित बनाइएका सदस्यहरु अघिल्लो निर्वाचनमा ५ सय भन्दा बढीको संख्यामा रद्द गरिएको थियो । केविसीखबरले प्रमुख आयुक्त ढकाललाई यस विषयमा राखेको जिज्ञासामा उनले भने, “अहिले संख्या नै उपलब्ध गराउनसक्ने अवस्थामा म छैन । हामी प्रोसेसिङमा छौं ।”
एनआरएन अष्ट्रेलियामा अर्काको सदस्यता शुल्क तिरिदिएर भोट किन्ने क्रम बढेपछि अघिल्लो चुनावबाट ४ जनाभन्दा बढीको सदस्यता शुल्क एउटै कार्डबाट तिर्न नसकिने व्यवस्था विधानमा गरिएको थियो भने यसअघि पेपाल लगायतका अन्य पे गेटवेहरुबाट तिर्ने व्यवस्था हटाइएको थियो ।
प्रतिक्रिया